पुर्ब मन्त्री टेक ब बस्नेतको वडामा काग्रेसका उम्मेदवार शुसिल चन्द सहित पुरै प्यानल विजयी।

जेठ ४, सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नं.८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुशील चन्द विजयी भएका छन । चन्दले कुल ६०६ मत ल्याइ विजयी भएका हुन ।

चन्दका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कबिराम बस्नेतले ५२१ मत ल्याएका छन ।

यस्तै नेकपा एमालेका उम्मेदवार बिजन विकले ७१ मत र वडाध्यक्ष पदका उम्मेदवार पुतली चिन्हबाट ८ मत प्राप्त गरेका छन ।

बा न पा ८ वडामा जम्मा कुल मत १२४८ खसेको थियो ।
बागचौरमा अब१ र २ वटा वडा मतगणना गर्न बाँकी रहेको छ ।
उक्त वडा माओवादी तर्फबाट केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री टेक बहादुर बस्नेत पुर्ब बिधाईका तथा हालका केन्द्रिय सदस्य टीका बुढाथोकी भएको वडा हो ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस